
काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पूर्व सन्ध्यामा पूर्वप्रधानमन्त्री डा. बाबाुराम भट्टराईले ३ सुझाव दिएका छन् । उनले अफ्नो सामाजिक सञ्जाल ट्विटरमा महासंघलाई सुझाव दिएका हुन् ।
‘नेपालका उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलनको संघारमा अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गरौंः’ उनले लेखेका छन् ।
१, हाम्रो औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुणा कम छ । यसलाई विश्वको हाराहारीमा पुर्याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशतवरपर मात्र छ । जबकि, हाम्रा छिमेकी र अरू एसियाली देशले यो बीचमा ठूलो फड्को हानिसके ।
२, सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुणा नाघेको छ । खुला सिमानाबाट झन्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ । सस्तो श्रमनिर्यात र महँगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ । बाच्छाले सँढेसँग जुध्न नसकेझैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दै छौं ।
३, हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दै छन् । देशको अर्थतन्त्र, राजनीति र राज्य विचौलियाको कब्जामा गइरहेको छ । हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भइरहेका छन् । यो कहिलेसम्म ?








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




