
वासिङटन, २३ कात्तिक । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिने बताएका छन् । अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु, गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले भने, ‘पहिले जनताकाे एकता मुख्य काम हाे ।’
बाइडेनले भने, “हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।” कोरोनाभाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७८ वर्षीय बाइडेनका अगाडी भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती रहेका छन् ।
डेलावेयरको सभामा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यका लागि मतदान गरेको बताइन । उनले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताइन । तर राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकारेका छैनन् । कानुनी चुनौती दिने बताएका छन् । यसका बारेमा तत्काल केहि प्रष्ट पारेका छैनन्।
बाइडनले रिपब्लीकन पार्टीको गढ ठानिएकाे पेन्सिलभेनियाकाे मत आफ्नो पक्षामा ल्याउन सफल भएसंगै अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन बाटाे खुलेकाे हो । बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत सहित कूल २७३ मत प्राप्त गरेपछि विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ । बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गरे । यति धेरै मत कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको पहिलो पटक हो ।
तर, राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँ लड्ने धम्की दिइरहेका छन् । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस निर्वाचित भएकी छ्न्। उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन् । । उनी अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी हुन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




