थाइल्याण्डमा गोली चल्दा ४ को मृत्यु

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



एजेन्सी, २६ चैत । बैङ्कक थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।

‘सशस्त्र आक्रमणबाट ४ जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका १ पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।