
पोखरा, २६ चैत । पोखराकाे गैह्रापाटनमा रहेको प्रतिष्ठित कुमुदिनी होम्स माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूकाे विदाई कार्यक्रम सम्पन्न गरेको छ। आईतबार विद्यालयले कार्यक्रम गरेर कक्षा १२ का व्यवस्थापन तथा विज्ञानका विद्यार्थीलाई कक्षा ११ का व्यवस्थापन तथा विज्ञानका विद्यार्थीले उच्च शिक्षाको शुभकामना दिदैं बिदाई गरेका हुन। दुबैतर्फका ८६ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा विद्यालयका अध्यक्ष अशोक पालिखेले भने, १२ कक्षाको अध्ययन पूरा गरेर अगाडिको शिक्षा अध्ययनका लागि प्यारा विद्यार्थीहरु जाँदैछन् हामी सधैं उनीहरुको शैक्षिक तथा अन्य सफलताको कामना गर्दछौं ।
हामीले विद्यालयलाई हाम्रो घर बनाउने प्रयास गरेका छौं । यो घरमा बसेर अध्ययन पूरा गर्ने जो कोहि पनि जाँदा मन भारि त भईहाल्छ तर वाध्यता पनि हो तर उनीहरुको लागि हामी सधैं उत्तरोत्तर प्रगतिको कामना गरिरहन्छौं पालिखेले भने।
गुणस्तरिय शिक्षाका लागि हामीले कुनै प्रकारको सम्झौता गर्दैनौ । अभिभावकको चित्त बुझाएर विद्यालय र विद्यार्थीको शैक्षिक प्रगतिका साथ नतिजामा विश्वास गर्ने भएकोले उत्कृष्ट नतिजामुखि शिक्षाका लागि व्यवश्थापन सचेत रहेको बताए । उनले भने, हाम्रो उदेश्य नै “सधैं उच्च लक्ष्य” प्राप्त गर्नु हो ।
पालिखेले यस वर्षको एसइई को परिक्षामा सहभागी भएका ९३ जना विद्यार्थीहरुलाई परिक्षा सकिएपछि सफलताको लागि शुभकामना व्यक्त गरिएको बताए । विद्यालयलमा नयाँ शैक्षिक सत्रका शैक्षिक कार्यक्रमहरु २०८० साल वैशाख ५ गतेबाट शुरु हुने बताइएकाे छ ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने ड्रिमर्ज व्याण्डले सांगितीक प्रस्तुति दिएको थियो । विद्यार्थीका लागि दिवा भोज तथा खाजाको व्यवस्था गरिएको थियो ।

बिदाईमा लागेको नियास्रो विद्यार्थीको सफलताले मेटाउँछ : अशाेक पालिखे, संस्थापक अध्यक्ष- कुमुदिनी हाेम्स
बिद्यार्थीको बिदाईमा नियास्रो मान्ने कि खुसी ?
कक्षा १२ सम्म अध्ययन गरेका विद्यार्थी छोराछोरीहरु अब उच्च अध्ययनका लागि बाहिर जानुपर्ने वाध्यता रहेको छ । जाँदाखेरि नियास्रो त लाग्ने नै भयो तर खुसिको कुरा हाम्रा विद्यार्थीहरु नेपालभित्र वा बाहिर जहाँ गएपनि राम्रो गरिरहेका छन् । देशभित्र वा जापान, अमेरिका, बेलायत लगायतका देशका फूल स्कलरसिपमा पढिरहेका छन् यो हाम्रो खुसिको कुरो हो ।
नयाँ शैक्षिक सत्र २०८० को राम्रो कुरा के हो ?
नयाँ शैक्षिक सत्रका लागि विद्याथीहरुको राम्रो उपस्थिति रहेको छ । जति विद्यार्थीहरु यहाँबाट बाहिर गएका छन्, उनीहरुको ठाउँमा विद्यार्थी भईसके। हामीले त्यो भन्दा बढी लिनसक्ने अवस्था पनि छैन। ३० जना विद्यार्थी मात्रै लिएका छौं । बढी राख्ने तत्कालको योजना पनि छैन।


मन्टेसरीबाटै बुझाएर पढाउने विधिले के हुन्छ ?
मन्टेसरी कक्षाका ४९ जनाको ग्रायजुसन पनि भईसकेको छ । यो एउटा सिस्टम नै भईसक्यो । मन्टेसरी छोडेर अर्कोमा जाँदा ग्राजुएसन गर्ने हो । तर सोहि विद्यालयमा पढीहरेकाहरुले पनि अहिले ग्राजुयसन नै माग गरेको देखिन्छ ।
हामीकहाँ शुरुमा फाउण्डेशन हुन्छ । अर्को टोड्लर छ र त्यसपछि प्रि वान र प्रि टु अर्थात प्रि वान, प्रि टु, एल केजी र यू केजि भने जस्तै हो । ४ वर्ष पूरा गरेपछि बल्ल उनिहरु एकमा जान्छन् । बच्चाहरुलाई बेस राम्रो बनाउने काम मन्टेसरीले गर्छ । उनीहरुलाई बुझेर पढ्ने बानिको विकास गराउनु नै हाम्रो लक्ष्य हो ।
बिद्यार्थीको सफलताले बिद्यालयलाई दीर्घजीवी बनाउँछ त ?
अवश्य पनि बनाउछ नि। १४, १५ वर्षसम्म लगातार पढाएका बच्चाहरु बहिर जान लाग्दा मनका कता कता अभाव हुने, खल्लोपना आउँछ तर यसो गरेर हुँदैन । उनीहरुलाई जान दिनुपर्ने वाध्यता नै हो त्योभन्दा माथिको लागि विद्यालयमा ठाउँ छैन । तर उनीहरुले पाईरहेको सफलताले चित्त बुझाउने ठाउँ छ। कसरी भने हाम्रा विद्यार्थी प्लस टू गरेर जाने २०७८ का ४ जनामा आयुष्मान अमात्यले जापानमा स्कलरसिपमा पढीरहेका छन्। समिक्षा अधिकारीले अमेरिकामा पढिरहेकी छन् । बृश ढकालले पोखरा यूनिभसिटिमा स्कलरसिपमा अध्ययन गरिरहेका छन् । २०७९ मा इन्जिनियरिङमा दुई जनाले पाएका छन् । विद्यार्थीहरूकाे याे सफलताले हामिलाइ खुसी तुल्याउछन।

नर्सिङमा एक जनाले पाएका छन् । पुल्चोक क्याम्पस जो एशियाकै वेष्ट इन्जिनियरिङ कलेजमा पर्छ । १० हजार विद्यार्थीमध्ये टप टेनभित्र पर्न सफल भए सलोन श्रेष्ठ । गण्डकीमा दोश्रो र कास्किमा उनी टपर पनि हुन । पोखरा यूनिभरसिटिमा उनले ५ सय विद्यार्थीमध्ये टपमा नाम निकाल्न सफल भए । पूर्णिमा श्रेष्ठले पुल्चोकमा नाम निकालेर पोखरा यूनिभरसिटिमा पनि नाम निकाल्न सफल भईन ।

सुनिता आचार्यले टियूको बिएससि नर्सिङमा नाम निकालेर पनि स्कलरसिपमा पढ्नका लागि अर्को वर्ष पर्खेर पढिरहेकी छन् । हाम्रै पूर्व विद्यार्थी युमूना आचार्य भेटेरीनरी डाक्टर पढिरहेकी छन् रामपुरमा। धिरज अधिकारी टियूटिएचका १० हजार विद्यार्थीमध्ये टपमा नाम निकाल्न सफल भएका छन् । यो सुन्दा हामीलाई गौरव लाग्छ ।
२०७९ को म्यानेजमेन्टको व्याचमा निश्चलता जोशीले ३.६७ जिपिए ल्याईन । उनले पियूमा पढिरहेकी छन् । यही हो गौरव लाग्ने कुरा अनि खुसी साटासाट गर्ने कुरा कि जसलाई हामीले पढाउन पायौं।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




