राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो बाहिरियाे

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीकाे समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको फाेन बार्ताकाे अडियो सार्वजनिक भएको छ ।

उक्त बार्तामा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै प्रसाईंसँग रकम मागेकाे अडियाे अहिले सामाजिक संजालमा भाइरल भएकाे छ । श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने र मन्त्री बन्नका पार्टीका नेताहरुले २ करोड मागेको बताएका छन् ।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको भन्दै सांसद ढाकाले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन । उनले अडियाे बार्तामा मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।