पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ चैत । पाटन प्याथ ल्याब प्रा।लि। ले ललितपुरको दक्षिण भेगका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हालै सम्पन्न गरेको छ ।

ल्याबले २ महिनामा हरेक शनिबार गरेर निःशुल्क शिविर सम्पन्न गरेको हो । ललितपुरको दक्षिणी भेगका छम्पी, लेले, टिकाभैरव, बज्रबाराही, कुपण्डोल र महालक्ष्मीस्थानमा २ हजार ५ सय जनालाई निःशुल्क सेवा दिएको छ ।

उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले दुर्गमका वृद्धवद्धाहरुलाई स्वास्थ्य सम्बन्धी सेवाहरु सहज गराउने उद्धेश्यले यो कार्यक्रम गरेको बताईन् साथै उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको योजना रहेको जनाईन् ।