नेपालका बैंकहरू सुरक्षित छन् : गभर्नर अधिकारी

-



     सफल आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित रहेको बताएका छन् ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित देखिएको छ, बैंकहरु स्वस्थ छन् सानोतिनो धक्काले जाेखिम आउने अवस्था छैन र तथ्यांकहरू पनि बलिया छन्’ उनले भने । चालू आर्थिक वर्षको ८ महिनाको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै गभर्नर अधिकारीले बैंकहरु सुरक्षित रहेको बताएका हुन्।

गभर्नर अधिकारीले भुत्तानी सन्तुलनमा सुधार, विदेशी मुद्रा सञ्चिती बढेको बताएका छन्। यस्तै रेमिट्यान्समा आप्रवाहमा पनि सुधार आएको गभर्नर अधिकारीले बताए।

वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत, आयात १९.१ प्रतिशत, निर्यात २९.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ ।