विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्धारा बाइडेनलाई बधाई,सँगै काम गर्न इच्छुक

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २४ कात्तिक । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले ट्वीट गरेर बधाई ज्ञापन गरेका हुन । बधाईसँगै आफू पनि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

टेड्रोसले ट्वीटमा भनेका छन्, अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी भएकोमा बधाई छ, म पनि यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको थियाे । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन्र ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो । त्यस लगत्तै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै उक्त प्रसंग निकालेका हुन ।