उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । उनी रामचन्द्र संघई प्यानलबाट चुनाबी मैदानमा थिइन ।

श्रेष्ठले प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले पछि पार्दै जित हासिल गरेकी हुन । खसेकाे कुल १ हजार ६५० मतमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जानकारी दिएकाे छ ।अब वरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।