पत्रकारको बीमा रकम उपलब्ध गराउन ध्यानाकर्षण

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



विराटनगर, ३०, चैत । इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षण पत्र बुुझाएका छन् ।

अध्यक्ष अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाण्डौंमा ध्यानाकर्षण पत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूको कोरोना बीमा बापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुुझाएका हुन ।

कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको १ लाखका दरले बीमा बापतको रकम उपलब्ध भएपनि बाँकी १८ जनाको रहेको अधिकारीले जनाकारी गराएका थिए ।

ध्यानाकर्षण पत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्तामा बसेर भुक्त्तानी दिइने प्रतिबद्वता व्यक्त्त गरे ।

यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका २६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना सङ्क्रमित भएका थिए भने हालसम्म ३० जनाले १ लाखका दरले भुक्त्तानी पाइसकेका छन ।

‘हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूरा गर्ने उदेश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ ।’ अधिकारीले भने ।