नेपालमा थपिए २५ सय ७१ कोरोना संक्रमित

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जना कोरोना भाइरस संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार १ सय ७७ परीक्षणमा १ हजार ५१ महिला र १ हजार ५ सय २० पुरुष गरी कुल २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर कुल संक्रमित संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै, कुल सक्रिय संक्रमित संख्या २६ हजार १ सय ७४ पुगेको छ । देशभर ४ सय ११ को आईसीयूमा र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा २९ हजार ८ सय ३६ जना बसिरहेका छन् ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २८ जना संक्रमित थपिए । तीमध्ये काठमाडौं जिल्लामा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना संक्रमित निको भए । योसहित निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

हालसम्म १ हजार १ सय २६ जना संक्रमितको मृत्यु भैसकेको छ ।