महासंघको वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भैरहेको छ । सहमतिको प्रयास भएसँगै निर्वाचन समय पनि पछि सरेको छ ।

२ बजेदेखि हुने भनिएको निर्वाचन सहमतिको लागि भन्दै ४ बजेका लागि सारीएको उद्योग वाणिज्य महासंघका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेले जानकरी दिए ।

सहमतिको लागि निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको लागी छलफल चलिरहेको छ ।

पहिलो चरणको निर्वाचनमा तीन जना वरिष्ठ उपाध्यक्ष पदका दाबेदार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाए पछि धेरै मत ल्याएका दुई उम्मेदवार बीच पुनः मतदान गर्न लागिएको हो ।

उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचका लागि प्रतिस्पर्धामा छन् ।