नेपाल प्रहरीकाे रिपोर्ट प्रणालीमा कसरी आयाे समस्या ?

-



     सफल आवाज    
     वैशाख ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ बैशाख । शनिबारदेखि नेपाल प्रहरीकाे रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या परेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको बताएका छन । उनका अनुसार “सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको र प्राविधिक टोलीले काम गरिरहेकाे बताइएकाे छ।

प्राविधिक कुरा कतिबेला बन्छ भन्न सकिन्न, सम्भवतः आज समस्या समाधान हुन्छ होला ।” जिसिले भने । उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ ।