
संयुक्त राष्ट्रसङ्घ, ४ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन् । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । महासचिबका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताए ।
सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय स्थलमा पनि क्षेप्यास्त्र प्रहार र लुटपाट भएको छ । महासचिवले संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध सबै कर्मचारी उनीहरूको आवसीय परिसर, सम्पत्तिको सुरक्षा र अन्य सुरक्षा सुनिश्चित गर्ने दायित्वसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने आवश्यकताबारे दुवै पक्षलाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ ।
गुटेर्रेसले युद्ध तत्काल रोक्न र वार्तामा फर्कन आफ्नो आह्वान दोहो¥याउँदै यस सङ्कटबाट बाहिर निस्कनका लागि क्षेत्रीय नेता र सुडानी सरोकारवालाहरूसँग निरन्तर संवाद जारी राख्ने बताए ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




