ईङवा हाइड्रोकाे आईपीओ बैशाख १३ गतेदेखि निष्काशन हुँदै

-



     सफल आवाज    
     वैशाख ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ वैशाख । ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि सेयर आईपीओ निष्काशन गर्ने बताएकाे छ। कम्पनीले १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक राेजगारमा गएका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेकाे छ । जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुने १२ करोड रुपैयाँ बराबरको सेयर छुट्याएको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका बाँडफाँड गरेर बाँकी २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थपेर १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता जारि गर्न लागेकाे हो।

कम्पनीले १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ । २९ हजार ८६३ कित्ता कर्मचारीहरुको लागि रहेकाे छ । ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले १२ लाख ६८ हजार ६३९ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटीमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि बैशाख १७ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म मागअनुसारकाे आवेदन नपरेकाे खण्डमा बैशाख २७ गतेसम्म आवेदन दिन पाइनेछ। यसका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।