
पोखरा, ७ वैशाख । स्वाबलम्बन जीवनपद्धति केन्द्र, पोखराले नेपालमा पहुँचयुक्त, शैक्षिक श्रोतहरुको विस्तार परियोजनाको प्रदेश स्तरिय समीक्षा तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्वाबलम्बन जीवनपद्धति केन्द्र, कास्कीका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षता र महासचिव अञ्जना के.सी.को सन्चालन सहजिकरणमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले अपांगता भएका वालवालिको शिक्षाको लागि हातेमालो गर्न तयार रहेको बताए ।
मन्त्री गुरुङले भने, शिक्षाबाट कोहि पनि बन्चित हुनु हुँदैन, अँझ विशेष अपांगता भएका, पछाडी परेका र पारिएका वालवालिकाको शिक्षा, उनीहरु सुहाउँदो शिक्षण विधि, समावेशिता र पहुँचयुक्तताका लागि दातृ निकाय, सरकार र यस क्षेत्रका लागिरहेका संघ, संस्थाहरु र अविभावक सबैको सहकार्य साझेदारी हुनुपर्ने बताए ।
एडिआरएडि, नेपालका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपांग महासंघका पूर्व अध्यक्ष डा.वीरेन्द्रराज पोखरेलले अपांगता भएका वालवालिकालाई मूलधारको शिक्षा प्रणालीमा ल्याउन नविन शैक्षिक पद्धतिले सहयोग पुग्ने बताए । फरक फरक अपांगता भएकाहरुको लागि फरक फरक शिक्षण पद्धतिलाई अंगाल्नु पर्ने बताए । अहिले प्रविधियुक्त सिकाई पद्धतिको विकास भईरहेकोले वालवालिकालाई सुनाउदै, बुझाउँदै, देखाउँदै, सामाग्री खेलाउँदै पठनपाठनमा अभ्यस्त गराउन सकिने बताए । पोखरेलले सुगम सूचना प्रणालीको विकास भईसकेकोले पठनमा सहयोगि हुने विश्वास व्यक्त गरे ।
विश्व शिक्षा अन्तर्गत लर्न परियोजनाका म्यानेजर सुरेश भण्डारीले गण्डकीका तीन जिल्ला स्याङजा, पर्वत र बागलुङका ५१ विद्यालयमा संचालन गरिएको १५ महिने परियोजना पाईलट परियोजना रहेकोले सकिएको बताए । तर उनले सरकारले अगाडीका दिनमा काम गर्नका लागि धेरै सहजिकरण गरिदिएको बताए । उनले कार्यक्रममा सार्वजनिक गरिएको सिकाईका लागि शैक्षिक प्रविधि टुलकिट पुस्तक महत्वपूर्ण भएको बताए । जोे अपांगता तथा सिकाइमा कठिनाई भएका विद्यार्थी केन्द्रित सिकाईको विश्व्यापी ढाँचाको सन्दर्भ सामाग्री हो ।
शिक्षा विकास तथा मानव विकास श्रोत केन्द्रका प्रमुख नारद धमला प्रसाद धमलाले वालवालिकाको शिक्षाका लागि युडिएल प्रभावकारी माध्यम भएको बताए । उनीहरुको सहभागिता, संलग्नता र पहुँच युक्तताका लागि सिकाईको विश्व्यापी ढाँचाको उपयोगिता अझैं बढ्ने विश्वास व्यक्त गरे । तालिममा सहभागि भएका विद्यालयका शिक्षक तथा जनप्रतिनिधिले आगामी दिनहरुमा कार्य क्षेत्रमा जाँदा धेरै सजिलो बनाई दिएको उनीहरुको आवाज नै सुन्न पाउँदा खुसि लागेको बताए । उनले सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागू गर्न र अपांगता भएका वालवालिकाको शिक्षाका लागि साझेदार बन्न सुझाए ।
कार्यक्रममा लर्न परियोजना संयोजक प्रदीप रानाले लर्न परियोजना २०२२ फेब्रुअरीमा शुरु भई २०२३ अप्रिलमा सकिन लागेको जानकारी गराए । उनले समावेशी शिक्षाका लागि परियोजना सहयोगि भएको बताए । परियोजना देशका ४ प्रदेशमा संचालन भएको बताए । यसमा वागमती, गण्डकी, कर्णाली र मधेश रहेका छन् । गण्डकीमा स्याङजा, पर्वत र बागलुङका ५१ विद्यालयमा संचालन गरिएको हो । उनले यो अवधिमा विद्यालयमा इन्टरनेट जडान, राउटर जडान, टिभी, ट्यमवलेट, माईक, स्पिकर, शैक्षिक सामग्री उपलव्ध गराईएको, नियमित तालिम, शिक्ष्क तालिम, अविभावक तथा विद्यार्थीलाई पुर्नताजगिको कार्यक्रम गरिएको जानकारी दिए ।
कार्यक्रममा परियोजना सांचालन गरिएका बागलङ, स्याङ र पर्वतका विद्यालयका शिक्षक, गाउँपालिका शिक्षा महाशाखाका प्रमुखहरुले आआफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै स्वाबलम्बन जीवनपद्धति केन्द्र, कास्कीका अध्यक्ष हेम बहादुर गुरुङले २००९ मा ह्वील चेयरमा बस्नेहरुले काम शुरु गरेको र सबै खालका अपांगता भएकाहरुका लागि काम गर्दै आएको बताए । उनले लर्न परियोजना सिकाईको विश्व्यापी ढाँचा भएको र यो थप व्यवहारिक र वालवालिकालाई सिकाईमा अभ्यस्त बनाउन सहयोगि भएको बताए । उनले सिकाईलाई खदिलो बनाउन सबैको साझोदरी र सहयोगले संभव हुने बताए । उनले भने, दातृ निकाय र सरकारको समन्वयले नयाँ आयाम थपिएको बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




