
बेइजिङ, ७ वैशाख । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनेछन् ।
मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जानकारी दिए । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गर्रेर सघन छलफल गर्ने अपेक्षा गरिएको छ ।
यो फोरम चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र शाङहाई म्युनिसिपल पिपुल्स गभर्नमेन्टले संयुक्तरूपमा आयोजना गरेको हो ।
“चिनियाँ आधुनिकीकरण र विश्व” भन्ने नारा अन्तर्गत यस फोरमले चीनको नयाँ विकास, विश्वव्यापी असल शासन, जनतासँगको निकटतालगायतका विषयमा गहिरो विचारको आदानप्रदानका लागि तीन प्यानल सत्र र व्यापारी समुदायसँग दिवाभोज गर्नेछ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




