
पोखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संभवतः सरकारबाट बाहिरीन लागेको अघिल्लो दिन सरकारले १०० दिनमा हाँसिल गरेका १६ पृष्ठका उपलव्धिहरु सार्वजनिक गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर मुख्यमन्त्री अधिकारीले सो उपलव्धिहरु सार्वजनिक गरेका हुन् ।
तत्कालिन सत्ता साझेदार दल माओवादीले चैत १० गते साथ छोडेपछि अल्प मतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार संसदबाट विश्वास मत लिने दिन हो । उनले आफुलाई विश्वासको मत आउने र सरकारले निरन्तरता पाउने दावि गर्दै आएका छन् ।
अधिकारी नेकपा एमालेका एक प्रभावशाली नेता पनि हुन् । संसदीय दलका नेता अधिकारी गएको पुसमा २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियक्त भएका थिए । मुख्यमन्त्री भएलगत्तै उनले अघिल्लो सरकारले बढाएका १२ मन्त्रालयलाई घटाएर ७ वटामा झारेका थिए ।
धेरैले पत्रकार सम्मेलन हुनुअघिसम्म सरकारबाट बाहिरने कुराहरु प्नि गर्लान भनेर आकलन गरेका भएपनि मुख्यमन्त्री अधिकारी दोश्रो पटक संसदबाट विश्वासको मत लिने तयारीमा रहेका छन् । उनले अब नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
पत्रकार सम्मेलनमा अधिकारीले भयावह अवस्थामा रहेको मृगौला रोगबाट पीडित नागरिकहरुलाई पदभार ग्रहण गरेकै दिन निःशुल्क डायलाइसिस सेवा विस्तार एवं स्तरोन्नती गर्ने निर्णय भएको बताए । डायलाइसिस सेवा विस्तार गर्न आवश्यक जनशक्ति माग एवं उपकरण जडान गरी कार्य सम्पन्न हुने चरणमा रहेको बताए । यसबाट ३०० भन्दा बढी विरामीले निःशुल्क सेवा पाउनको लागि गरेको प्रतिक्षा सम्बोधन हुने अवस्थामा रहेको उल्लेख गरे ।
संघीय निजामती सेवा ऐन जारी नहुँदा सेवा प्रवाहमा परेको असरलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहका कर्मचारीको वृत्ति विकास र उत्प्रेरणालाई सम्बोधन गरेको बताए । उनले नतिजा प्राप्त गर्न प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन, २०७९ र गण्डकी प्रदेश निजामती सेवा नियमावली, २०७९ जारी गरिएको बताए । यसबाट लामो समयसम्म रहेको कानूनी रिक्तता पूरा भई जनशक्ति व्यवस्थापनको वातावरण निर्माण भएको बताए ।
सार्वजनिक खर्चलाई मितव्ययी बनाउने, चालु खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको बताए । शासन सञ्चालनको क्रममा प्राप्त अनुभव, लैङ्गिक न्याय, अन्तरसरकारी संयन्त्रहरुको बैठकबाट प्राप्त सुझाव, कानुन कार्यान्वयनमा प्राप्त भएका पृष्ठपोषण लगाएतका पक्षहरुको आधारमा बाझिएका ३४ वटा कानुनहरुलाई केही प्रदेश कानुन संशोधन ऐन मार्फत संशोधन गरिएको बताए ।
प्रदेशका विभिन्न स्थानहरुमा साहसिक पर्यटन, प्याराग्लाइडिङ, बन्जीजम्प, क्यानोइङ, कृषि पर्यटन, पर्या(पर्यटन, ग्रामीण पर्यटन जस्ता पर्यटकीय विधाहरुको प्रचुर संभावना भएकोले सरकारले ती क्षेत्रको पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको बताए । गण्डकी प्रदेश सरकारले यी क्षेत्रहरुको विकासको लागि लगानीको वातावरण तयार गर्नुका साथै होमस्टे प्रवद्र्धनको लागि अनुदान कार्यक्रम सञ्चालन गरेको जनाए ।
औद्योगिक ग्राम स्थापना, व्यवसाय जीवन रक्षा कोष मार्फत कर्जा प्रवाहजस्ता कार्यक्रमहरु अगाडि बढाइएको बताए । दिगो विकासका लक्ष्यहरुमा पेचिलो विषयको रुपमा रहेको रोजगारी सिर्जना गर्दै गरिबी घटाउन र आय वितरणमा रहेको असमानता हटाउन साना तथा मझौला उद्योग मार्फत रोजगारी बृद्धि गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको बताए ।
धौवादी फलाम कम्पनी, होङ्सी सिमेन्टजस्ता उद्योगहरुलाई स्वदेशी तथा वैदेशिक लगानीमा सफल रुपमा सञ्चालन गराउन लगानीको वातावरण तयार गर्न प्रदेश सरकारले पहल कदमी चालेको बताए ।
प्रदेश भित्रका पुँडीटार र लोकाहा खोला लगायतका औद्योगिक क्षेत्र स्थापनाका लागि वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको बताए । सो अवसरमा उनले ५० भन्दा वढी सडक, जलविद्युत लगायतका पूर्वाधारहरुलाई जग्गा उपलव्ध गराउन संघीय सरकार समक्ष सिफारिस गरिएको बताए ।
मुख्यमन्त्री अधिकारीका १६ पृष्ठमा रहेका उपलव्धिहरुको पूर्णपाठ








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




