
संयुक्त राष्ट्रसंघ, १० वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गरेका छन्।
“विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य आवश्यक छ,” महासचिवले अन्तरराष्ट्रिय मातृ पृथ्वी दिवसका सन्दर्भमा आयोजित सन्देशमा उल्लेख गरे।
“हाम्रा कार्यहरूले जङ्गल, खेतबारी, सिमसार क्षेत्र, महासागर, चट्टान, नदी, समुद्र र तालहरू बर्बाद गर्दैछन्” संयुक्त राष्ट्रसंघ प्रमुखले सबै देशहरूलाई मानवताको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धमा चिन्तन गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक संसार र भौतिक संसारका बीच तालमेल हुनुपर्ने कुरामा जोड दिए।
उनले जैवविविधताकको संरक्षणमा जोड दिदै हावा, पानी, माटो लगायत सबै प्राकृतिक वस्तुहरूको संरक्षणमा ध्यान दिन विशेष आग्रह गरे। “प्राकृतिक र जैविक विविधता नष्ट हुँदै छ, लाखौं, जीव र प्रजातिहरू विलोप हुने सङ्घारमा छन् त्यसैले यसको संरक्षणमा विशेष कार्ययोजनाको आवश्यकता माथि महासचिवले सबै सरोकारवालाको ध्यानाकर्षण गराए।
महासचिवले अन्तरराष्ट्रिय समुदायसँग उपकरण, ज्ञान र समाधानहरू भएको तर त्यसको व्यावहारिक प्रयोगमा तीव्रता दिनुपर्ने उनको धारणा छ । महासागर र नदीदेखि जङ्गल र चरासम्म स्वस्थ पर्यावरण पनि जलवायु परिवर्तन विरुद्धको लडाइमा महर्त्वपूर्ण रहेको गुटेरेसले उल्लेख गरे। “सन् २०३० सम्ममा पृथ्वीको ३० प्रतिशत जमिन र पानी सुरक्षित हुने सुनिश्चित गर्न ऐतिहासिक संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्झौता कार्यान्वयन गर्नका निम्ति कार्य गरौं,” उनले भने ।
महासविवले सरकारहरूलाई “हरेक पाइलामा” बाटोको नेतृत्व गर्न आग्रह गर्दै त्यसमा संस्था र नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए। गुटेरेसले “समयानुकूल बुद्धि, ज्ञान र आदिवासी जनजातिहरूको नेतृत्वबाट केहीकुरा सिक्न आग्रह गरे।
“यस पृथ्वी दिवसका सन्दर्भमा म सबै ठाउँका मानिसहरूलाई आ-आफ्नो ठाउँबाट शान्त र समृद्ध विश्व निर्माण गर्न आवाज उठाउँन आग्रह गर्दछु ।” महासचिवले भने ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




