नेपालमा थपिए २७३६ संक्रमित, निको ८५३

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपालमा मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९ सय ६० पीसीआर परीक्षणमा २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित कुल संक्रमित संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमित निको भए । कुल निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमितको मृत्यु भएको छ । कुल मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।