भक्तपुरमा शाखा संचालनको अवसरमा वात्सल्यले नि:शुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने

-



     सफल आवाज    
     वैशाख १२ गते २०८० मा प्रकाशित



भक्तपुर, १२ बैशाख । उच्च आई. भी. एफ. सफलता दरका साथ नि:सन्तान सम्बन्धि सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आई. भी. एफ.  ले नयाँ वर्षको अवसर पार्दै भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।

एक विधिवत कार्यक्रम गर्दै नयाँ वर्षबाट संचालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास लिएका छन् ।

विभिन्न वर्गबाट सामाजिक संजाल मार्फत् निरन्तर रुपमा नि:सन्तान दम्पतिका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दै उनले “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर सिमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गर्ने बताए ।

सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका  कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई. मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्ने बताइएकाे छ।

यस शाखामार्फत् नि:सन्तान सम्बन्धि विभिन् सेवाहरु जस्तै सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षणहरू,आई.यू. आई, गर्भावास्था बेलाको जाँच र परामर्श सेवा प्रदान गरिने जनाइएकाे छ ।