बारा-२ मा जनता समाजवादीका अध्यक्ष यादव विजयी

-



     सफल आवाज    
     वैशाख १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ वैशाख ।  बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले यादवले २८ हजार ४ सय १५ मत पाए । कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए ।

नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याए। चितवन र तनहुँमा विजयी भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८ सय २९ मत पाए ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारामा भएकाे निर्वाचनकाे परिणामअनुसार दुई सिटमा रास्वपा विजयी भएकाे छ। बारामा भने गठबन्धनका यादव विजयी भएका हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । मंसिर ४ गतेको चुनावमा यादव जनमतका सिके राउतसँग पराजित भएका थिए ।