
काठमाडौं, १३ वैशाख । ईङवा हाइड्रोपावरकाे आईपीओ आजदेखि जारी भएकाे छ। कम्पनीले १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेकाे हाे। यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरी बाँडफाँड भइसकेकाे छ ।
जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बाँडफाँड गरी बाँकी रहेकाे २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयरमा थपेर १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सर्वसाधारणका लागि खुलाइएकाे हाे ।
कम्पनीका अनुसार १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ । २९ हजार ८६३ कित्ता कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडिसकिएकाे छ। सेयर भर्न चाहने इच्छुक सर्वसाधारण लगानीकर्ताले १२ लाख ६८ हजार ६३९ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
सेयरमा घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यसका लागि बैशाख १७ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा बैशाख २७ गतेसम्म आवेदन दिन पाइनेछ।
लगानीकर्ताहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




