
पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद सुरेन्द्र पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्य पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका २७, माओवादीका ७ तथा स्वतन्त्र राजीव गुरुङको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त गर्न ताेकिएकाे समयभित्रै पाण्डेले दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व आलोपालो हुने बताउदै छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताएका छन । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले स्पष्ट पारे ।
प्रदेश सरकारले पर्यटन, जलविद्युत र कृषि क्षेत्रलाइ प्राथमिकता दिनेछ, उनले भने, ‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नेछाैं । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भाेलि मात्र शपथ लिने बताइएकाे छ ।
तस्वीर सौजन्य : सुदर्शन रन्जित








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




