आरबीबी म्युचुअल फन्ड-२ इकाइको आजदेखि बिक्री खुला

-



     सफल आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ बैशाख। आरबीबी म्युचुअल फन्ड-२ इकाइकाे आजदेखि बिक्री खुला भएकाे छ । याे योजनाले प्रति इकाइ १० रुपैयाँका दरले कुल १२ करोड इकाइ बिक्री गर्ने भएको हाे।

इकाइमध्ये न्यूनतम १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखिने बताइएकाे छ। बाँकी १० करोड २० लाख इकाइका लागि आजबाट सार्वजनिक रुपमा निष्कासन गरिएको बताइएकाे छ।

याे म्युचुअल फन्डमा न्यूनतम १०० र अधिकतम १ करोड २० लाख सम्मका लागि आवेदन दिन सकिनेछ। इकाइको निष्कासन तथा बिक्री छिटोमा वैशाख २१ गते बन्द हुनेछ।

उक्त समयसम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरेमा वैशाख ३१ गते सम्म थप गरिने जनाइएको छ। यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड छ।