मोदी ईनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ वैशाख । मोदी ईनर्जीले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारि गरेकाे छ। कम्पनीले ६४ लाख ४५ हजार ६१० कित्ता सेयर निश्काशन गरेकाे हाे। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गररिएकाे थियाे ।

जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएकोमा २९ लाख कित्ता आयोजनाबाट प्रभावित भएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । उनीहरुलाइ बाँडफाँड गरी बाँकी रहेकाे २० लाख ९५ करोड ६१० कित्ता र सर्वसाधारणतर्फकाे ४३ लाख ५० हजार कित्तासहित ६४ लाख ४५ हजार ६१० कित्ता सेयर निष्काशन गरिएकाे हाे।

साे सेयरबाट ४ लाख ३५ हजार कित्ता वैदेशिक राेजगारमा रहेकाहरुकाे लागि बाँडफाँट भइसकेकाे छ । १ लाख २८ हजार ९१० कित्ता कर्मचारीहरुका लागि र ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषका लागि लाई सुरक्षित गरीएकाे छ । बाँकि हुन गएकाे ५९ लाख ९४ हजार ४२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । सेयर भर्न चाहने गानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले सेबानबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरोशेयर अनलाइबाट पनि आवेदन दिन पाइने सुविधा रहेकाे छ ।

कम्पनीले पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ मा रहेको तल्लो मोदी खोलामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाबाट २०७८ असोज १४ गतेदेखि विद्युत उत्पादन गरिरहेकाे छ । यसकाे लागत ६ अर्ब २० करोड रुपैयाँ बराबरकाे रहेकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।