
काठमाडाैं, १९ बैशाख । कुमारी बैंक लिमिटेडले संस्थापक समुहकाे १४ लाख ९० हजार कित्ता सेयर बिक्री गर्ने भएकाे छ । यो सेयरका लागि अहिलेका संस्थापक सेयरधनीहरू र इच्छुक अन्य व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आजबाट खरिद आवेदन दिन सक्ने बताइएकाे छ ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मुल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढीमा बोलकबोल गर्नुपर्ने जनाइएकाे छ।
न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि समेत खरिद आवेदन दिन सकिने बैकले जनाएकाे छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति जेठ २३ गतेसम्म तोकिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




