अमेरिकामा फर्स्ट रिपब्लिक बैंक पनि टाट पल्टियाे

-



     सफल आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ वैशाख । केहि समयकाे अन्तरालमा अमेरिकामा अर्काे एउटा बैंक टाट पल्टिएकाे छ । सन् १९८५ मा स्थापना भएको अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएकाे हाे ।

याे टाट पल्टिनेहरुमा तेश्राेमा रहेकाे छ । विकास तथा अर्थतन्त्रले मजबुत मानिएकाे शक्तिशालि देश अमेरिकाकाे बैंकिङ क्षेत्र धरमराउँदा सर्वत्र चासाे बढाएकाे छ ।

क्रमिक रुपमा बैंकहरु समस्याग्रस्त देखिन थालेपछि यसले चिन्ता पनि थाेपरेकाे छ । २ महिना पहिले सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएका थिए ।

अमेरिकाकी फेडेरल डिपोजिट इन्सुरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएको बताएकाे हो । बैंकबाट निक्षेपकर्ताले रकम निकाल्न थालेपछि यस्ताे समस्या देखिएकाे अन्तराष्ट्रिय सामाचार स्राेतहरुले जनाएका छन् ।

फर्स्ट रिपब्लिकमा समस्या देखिएपछी यसकाे नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनको समन्वयमा जेपी मोर्गनले स्वामित्व लिएकाे छ । 

जेपी मोर्गनले फर्स्ट रिपब्लिककाे १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा, ३० अर्ब डलरको बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको सर्वसाधारण बचतको स्वामित्व लिएकाे हो ।