नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले गर्‍यो डिजिटल मूल्यांकन सेमिनार

-



     सफल आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित



पोखरा, २० वैशाख । नेपालको पहिलो होटल मेनेजमेन्ट कलेज पोखरा छिनेडाँडाको नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले बुधबार कलेजमा त्रिकोणात्मक डिजिटल मूल्यांकन पद्धतिका बारेमा ३ अलग अलग कार्यक्रम गरेको छ ।

आफ्नो जीवनकालमा विषयगत क्षेत्रमा सिकेका सिप र ज्ञानहरुलाई हस्तान्तरण गर्न पम नेदरल्याण्ड्सबाट आएका मार्टिन, एरेण्ड र ज्यान सहितका तीनजना एक्सपर्टले विशेषगरी हस्पिटालिटिको बारेमा प्रविधियुक्त मूल्यांकन पद्धतिका बारेमा सेमिनार चलाएका हुन् ।

यसअघि पनि उनिहरु भोलेन्टेयरको रुपमा नेपाल आएका थिए । पहिलेपनि हामीहरुले उहाँहरुलाई बोलाएका थियौं । उहाँहरुले पहिलाका सेसनहरुमा बेकरी, बारिष्टा, बार, अनलाईन एजुकेशन लगायतका विषयहरुमा विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो, कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले भने। यसपालि हामीले फरक किसिमको काम गरेका छौं ।

संसारमा अहिले मानविय श्रोत साधनको कमि भईरहेको छ । कोभिडपछि धेरैको जागिर गुमेको छ । धेरै कामबिहिन भएका छन् । कतिले पेशा नै परिवर्तन गरिरहेको बेलामा त्यो मानव संशाधनलाई कसरी रोक्ने भन्ने हाम्रो उदेश्य हो, रेग्मीले भने ।

कसरी उनीहरुलाई पुनरागमन गराउन सकिन्छ भनेर फरक सेसन चलाएका हौं । यो पद्धति भनेको विद्यार्थी, कलेज र टुरिजम इण्डष्ट्रिबीच भित्रको समन्वय कसरी गर्न सकिन्छ भनेर विकास गरिएको हो । यसबाट तुरुन्ता तुरुन्तै काम गरिरहेकाहरुको मूल्यांकन हुन्छ । दिनभरि गरिएका गल्तिहरुलाई हेर्न सकिन्छ र सुधारको मौका पाइन्छ ।

जसले विद्यार्थीको दक्षता अभिबृद्धिमा टेवा पुर्याउछ रेग्मीले भने । यसले विद्यार्थीलाई परिवर्तन हुन सघाउने, इन्टर्नसिपमा जाँदा उनीहरुले अपेक्षा गरेका विषयहरु तोकिएको अवधिमा सिक्न सक्ने र त्यहाँ रहने म्यानेजर वा सुपरभाईजरले पाँचवटा रेन्जमा मूल्यांकन गर्ने पद्धति रहेको बताए ।

पाहुनालाई सर्भिस दिदाको अवश्था, उनीहरुका हाउभाउ, परिकार राख्ने स्थान र साईड वा विषयगत क्षेत्रहरुमा स्टेप स्टेपलाई मूल्यांकनको दायरामा ल्याउने उनले बताए। यसले म्यानेजमेन्टलाई पनि कामको मूल्यांकन गरेर पूर्ण दक्षताको सर्टिफिकेट दिन सजिलो हुनेछ ।

यो सबै गर्नु भनेको क्वालिटि टुरिजमका लागि हो । यो निकै महत्वपूर्ण छ । यो सबैका लागि आवश्यक थियो । कसैले गर्नैपर्ने थियो । उहाँहरुले नेदरल्याण्ड्सबाट ल्याउनु भयो । प्रोजेक्टलाई पाइअन भन्छ । यो अनलाइन एसेसेसमेन्ट टुल्सलाई इण्डष्ट्रिले लागू गरिदिए विद्यार्थी, एकेडेमिक क्षेत्र र इण्डष्ट्रिको लागि त्रिकोणत्मक फाईदाजनक हुने प्रिन्सिपल रेग्मीले बताए ।

यो प्रोजेक्ट नेपालका लागि पाईलट प्रोजेक्टको रुपमा आएको छ । जो २५ वटा देशमा शुरु भईसकेको छ । मैले पहिल्यै देखि यही विषयका लागि लविङ गर्दै आएको पनि थिएँ । रेग्मीले भने, उहाँहरुले काठमाडौं, विराटनगरमा र पोखरामा होटल मेनेजमेन्ट कलेजमा शरु गर्नुभएको छ । अब म विद्यार्थी, शिक्षक तथा व्यावसायीक क्षेत्रमा यसलाई उपयोगि हुनेगरी काम गर्नेछु रेग्मीले भने ।

तालिम फलदायी भएको पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । यो त्रिकोणात्मक समन्वय र उत्तम हस्पिटालिटिका लाभदायी सुत्र भएको बताए ।

गेट भोकेशनलका विवेक पौडेलले विद्यार्थी, कलेज र व्यावसायीक क्षेत्रका लागि आवश्यक भएको बताए । यो एउटा क्रसचेक गर्ने सुविधा भएको सफ्टवेयर पनि हो । विद्यार्थीले केके सिके र के कुरामा कमजोरी भयो भनेर मूल्यांकन पनि छिटै हेर्न सक्ने भएकोले सुधार गर्नका लागि सहयोगि भएको बताए ।

होटल व्यवसाय क्षेत्रका १८ जना म्यानेजरहरु तथा सुपरभाईजरहरु, विद्यार्थी र कलेजका शिक्षकहरुबीचको छुट्टाछुट्टै सेसनले टुरिजमका लागि फाइदा पुग्ने प्रिन्सिपल रेग्मीले बताए । उनका अनुसार अहिले नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा ८ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कलेजमा बिबिए, बिएचएम र बिआईका कक्षाहरु संचालन भईरहेका छन् । कक्षा ११ र १२ मा पनि होटल मेनेजमेन्टको पढाई भईरहेको छ ।