
काठमाडौं, २१ वैशाख । मिडिया क्षेत्रबाट सेयर आईपीओ निष्काशन गर्ने पहिलाे कम्पनीकाे रुपमा नेपाल रिपब्लिक मिडिया लिमिटेड दर्ज भएकाे छ ।
कम्पनीले यहि बैशाख ३१ गतेदेखि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हाे । कम्पनीका अनुसार साे सेयर सर्वसाधारण र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि खुलाउने भएकाे हाे।
सो सेयरबाट १ लाख ७४ हजार १२० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
विदेशमा रोजगारीमा रहेकाहरुले ४ लाख ३५ हजार ३०० कित्ता सेयरमा आवेदन दिन पाउनेछन्। सर्वसाधारणले ३५ लाख २५ हजार ९३० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सर्वसाधारण लगानीकर्ताले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिनु पर्नेछ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ। उता वैदेशिक रोजगारमा रहेकाहरुले बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।
यसका लागि घटीमा १० तथा बढीमा ५०० कित्ताका लागि आवेदन दिन पाइने छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




