
काठमाडौं, २६ कात्तिक । विश्वमै लामो समय ५ दशर्कसम्म प्रधानमन्त्री रहेका बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको बुधबार निधन भएको छ । अमेरिकामा उपचारको क्रममा रहेका प्रधानमन्त्री खालिफाको निधन भएको राजदरबारले ट्वीटरबाट जानकारी गराएको छ ।

राजदरबार श्रोतका अनुसार ८४ वर्षको उमेरमा अमेरिकाको मायो अस्पतालमा निधन भएका खालिफाको पार्थिव शरिरलाई बहराईन ल्याउने तयारी गरीएको छ ।
यसैबीच, बहराईनकाे राजदरबारले प्नधानमन्त्री खालिफाको निधनमा एक साता लामो राष्ट्रिय शोक घोषणा गरेकाे छ । राजखानदानमा जन्मिएका खालिफा पहिलो पटक सन १९७० मा बहराइनको प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार बहराईनको प्रधानमन्त्री बन्दै आएका थिए । उनी संंसारभरी सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन ।
खालिफा बहराईन स्वतन्त्र हुनुभन्दा ठीक १ वर्ष अगाडी १९७० मा प्रधानमन्त्री बनेका थिए भने १९७१ काे अगष्ट महिनामा बहराईन स्वतन्त्र भएको थियो । खालिफा आफ्नो जिवनकालमा एक पटक बहराईन राज्य परिषदका अध्यक्ष तथा सुरक्षा परिषदका प्रमुख भएका थिए । उनी सन १९३५ नोभेम्वर २४ मा जन्मिएका थिए ।स्राेतःतामारा अब्यूएश, अल अरेबिया अंग्रेजी








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




