धौलागिरी लघुवित्त घाटामा, निष्क्रिय कर्जा १२.४५ प्रतिशत पुग्याे

-



     सफल आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ बैशाख। बाग्लुङमा केन्द्रीय कार्यालय रहेकाे धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षकाे तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाकाे घाटा ४१ लाख ६ हजार पुगेकाे छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख नाफा आर्जन गर्न सफल भएकाे थियो।

चुक्तापुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५.३१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ६६.५१ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १४८.६१ रुपैयाँ रहेको रिपाेर्टमा देखाइएकाे छ।

संस्थाले याे अवधिमा ६ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष याे आम्दानी ७ करोड ६९ लाख रहेको थियो। संस्थाले ५१ करोड ६२ लाख सापटी लिएर १ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गतवर्ष यही अवधिमा संस्थाले ६१ करोड १३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।लघुवित्तकाे रिजर्भको आकार ५३.१२ प्रतिशतले घटेर ५ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ।

गतवर्ष रिजर्भमा १० करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो अवधिमा निष्क्रिय कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर १२.४५ प्रतिशत पुगेको छ।