सिटि होटल आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ वैशाख । सिटि होटल लिमिटेडकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे थियाे। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारि गरिएकाे थियाे ।

जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता निष्काशनका लागि राखिएकाेमा पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारमा गएकाहंरुकाे लागि जारि भइसकेकाे छ ।

८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । कर्मचारीहरुका लागि ६६ हजार ९६० कित्ता रहेकाे छ । बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा २ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरु तथा मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।