
नेपाली जनजिब्रोमा रहेको एउटा भनाई छ, ‘स्वास्थ्य नै धन हो ।’ यदी स्वास्थ्य ठीक भएको खण्डमा धन भन्ने चीज कुनैपनि बेला कमाउन सकिन्छ । तर जमाना फेरिएको छ । नयाँ-नयाँ परिवर्तन, आविस्कार र विपदहरु पनि निम्तिरहेका छन् । मानिसलाई समयले लखेटिरहेको छ । कतिले समयलाई पछ्याईरहेका छन् भने कतिले प्रयत्न गरिरहेका छन् । कतिले बाल मतलव भनेर पन्छिरहेका छन् । तर यसो गर्नु बिल्कुलै गलत हो ।
आजको जमानामा मानिस स्वास्थ्यको बेवास्ता गर्दै मात्र पैसा-पैसा भनिरहेका छन् । हो पैसा अति आवश्यक साधन हो तर यो स्वास्थ्य ठीक नभएसम्म कमाउन सकिदैन । यदी कमाएर संचयन गरेको भएपनि उपचार गर्दैमा सकिएर मानिस सडकमा आएका घटनाक्रम हामी सबैले आफ्नै सामुन्ने पनि देखेकै छौं । जिन्दगीलाई आरामले चलाउन मानिसको लागि स्वास्थ्य महत्वपूर्ण छ । अझ बढी मानसिक स्वास्थ्य र शारीरिक रुपमा ठीकठाक हुन जरुरी हुन्छ ।
मानिसको स्वास्थ्य खराब भएको बेलामा औषधीले ठीकठाक पार्न त सकिएला । तर रोगहरुले समात्ने संभावना एकदम कम गराउने उपाय पनि छ । त्यो उपाय योग हो । योगको बारेमा सामान्य रुपमा तपाँइले केहि बुझ्दा र आफ्नो जीवनमा लागु गरे फाईदा नै हुन्छ ।
योग के हो ?
योगका फाइदा तथा नियमका बारेमा जान्नु भन्दा अगाडी हामीले योगकै बारेमा केहि बुझनु पर्ने हुन्छ । योगलाई शरीर हल्लाउने, मोडने, श्वास तान्ने र बाहिर निकाल्नेमा मात्रै सिमित राख्नु हुँदैन । यो बृहत् छ । योगलाई शरीर, मस्तिष्क र आत्माको मिलनको रुपमा लिईन्छ । सारमा यही हो तर विद्वानहरुले आफनै किसिमले ब्याख्या गरेका पनि छन् ।
योगलाई धर्म, आस्था र अन्धविश्वाससंग जोडनु गलत हुन्छ । योग एक विज्ञान हो । जीवनलाई सुरक्षित बनाउने कला हो, पूर्ण चिकित्सा पद्धति हो । सारा बन्धनबाट मुक्त भएको आभाष दिलाउने मुक्तिको मार्ग हो ।
विद्वान योगी रवि शंकरले योगलाई खालि व्यायाम र आसनसंग जोडनु हुदैन भन्छन् । यसले भावनात्मक एकीकरणको काम गर्छ र रहस्यवादी तत्वका लागि एक अध्यात्मको उचाई भएको तर्क गरेका छन् ।
योग विज्ञान र योग जीवन जीउने कला हो । र योग पूर्ण चिकित्सा पद्धति हो । ओशोले भनेका छन्।
बाबा रामदेवले योगलाई मनलाई भड्किन नदिन तथा एकै स्थानमा स्थिर रहनका लागि योग महत्वपूर्ण छ, यसैबाट जीवनका सफलताका ढोकाहरु खुल्छन् भनेका छन् ।
योग विशेषतः एशियाली देशहरुमा प्राचीनकालबाटै प्रख्यात छ । अहिले यो विश्वभर फैलिएको छ । नेपाल, भारत, चीन, जापान, दक्षिण पूर्व एशिया, श्रीलंका लगायतका देश हुँदै विश्वभर फैलिएको हो । यसको महत्व र प्रसिद्धिका कारण पहिलो पटक ११ सिडेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष जून २१ लाई अन्तराष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता विश्वभर जून २१ मा अन्तराष्ट्रिय योग दिवस मनाईदैं आएको छ ।
योग प्राचीन परम्पराको एउटा अमूल्य उपहार हो । यसलाई दिमाग र शरीरको एकताको प्रतीक मानिन्छ । मानिस र प्रकृतिबीच निकटको सम्बन्धको कारण योग साधनाले व्यापकता पाएको छ । विचार, संयम, स्वस्थता र आमजनको भलाईको लागि यसले समदृष्टि तयार पारिदिन्छ । योगका लागि योगासनहरु महत्वपूर्ण मानिन्छन् । यसका अनेक अनेक फाईदाहरु छन् ।
याेगका फाईदाहरु
- ब्लड प्रेशरलाई सन्तुलनमा राख्न सहयोगी हुन्छ ।
- दिनभर स्फुर्ति बढाउने काम गर्छ ।
- ध्यान एकतरित गर्नमा मद्यत पुर्याउँछ ।
- आन्तरिक शक्ति प्रदान गर्छ । ब्लड सुगरलाई सामान्य बनाउन सहयोगी हुन्छ ।
- मानिसलाई राम्रोसंग निदाउन सहयोग पुग्छ ।
- निरन्तरको योगले मानिसलाई स्वस्थ रहन सघाउ पुर्याउछ । बीरामी अवस्था र औषधीबाट टाढा रहन सहयोग गर्छ ।
- शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछ र पाँचन प्रक्रियालाई चुस्तदुरुस्त बनाईरहन्छ ।
- योगले एक स्वस्थ जीवशैली प्रदान गर्दछ ।
- शरीरमा कुनैपनि प्रकारको दुखाईलाई कम गर्न सहयोगि भूमिका निर्वाह गर्दछ । श्राेतःयाेग शिक्षा








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




