चन्द्रागिरि हिल्सले कमायाे पाैने ८ करोड मूनाफा

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ बैशाख। चन्द्रागिरि हिल्सले तेस्राे त्रैमासिक अवधिसम्म ७ करोड ७७ लाख ‍नाफा कमाएकाे छ। गतवर्षकाे चैतसम्म कम्पनीको १ करोड ५० लाख घाटा थियाे । तर यसपटक ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाउन सफल भएकाे छ ।

चन्द्रागिरि हिल्सले ९ महिनाकाे अवधिमा ६२ करोड ९० लाख रुपैयाँको कारेबार गरेको जनाइएकाे छ। जुन गतबर्षकाे चैतभन्दा ४१.६७ प्रतिशतले बढी हो। आम्दानीसँगै ३९.४४ प्रतिशत खर्च समेत बढेको छ। 

चन्द्रागिरिकाे कर्मचारी सेवा सुविधामा पनि वृद्धि भएकाे देखिएकाे छ भने ब्याज भुक्तानीको रकम पनि ३४.३३ प्रतिशत बढेको छ। १ अर्ब ५३ करोड रुपैयाँ चुक्तापुँजी रहेको चन्द्रागिरि हिल्सको जगेडा र अवितरित नाफा कोष ३० करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीको तेस्राे त्रैमासिक रिपाेर्ट अनुसार प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँ पुगेको छ। त्यस्तै प्रति सेयर नेटवर्थ ७९.९३ रुपैयाँ कायम भएकाे छ।