
पोखरा, ६ जेठ । शैक्षिक विकास र सफलताका लागि कुनै एक पक्षिय कसरतले मात्रै पुग्दैन । विद्यालयको एकल प्रयासले मात्रै विद्यार्थीको सर्वाङ्गिण विकास हुन सक्दैन । भविष्यका दक्ष जनशक्ति तयार पार्नका लागि जगबाटै विद्यार्थीलाई बुझेर पढाउने, नयाँ नयाँ शैक्षिक पद्धतिमा अभ्यस्त गराउने र सानैदेखि संस्कारगत् सिकाईमा जोड दिनुपर्ने अति आवश्यक कुरा हो ।
शनिबार पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च माविले आयोजना गरेको अविभावकसंगको विशेष साक्षात्कार कार्यक्रम “आर्ट अफ इफेक्टिभ प्यारेन्टिङ” मा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयको गन्तव्य “सधैं उच्च लक्ष्य” रहेकोले असल संस्कारले सुसज्जित असल जनशक्ति देशलाई दिन चाहेको बताए ।
उनले भने, असल विद्यार्थी उत्पादनका लागि हामी मात्रै लागेर भएन । यसमा शिक्षकको भूमिका पनि महत्वपूर्ण भएकोले समय अनुसार तालिम र सिप सिकाई प्रशिक्षण् चलाई रहेको तथा अविभावकका लागि पनि यस्ता तालिम र परामर्शका कार्यक्रहरु चलाई रहेको बताए ।

पालिखेले उत्कृष्ट नतिजासंगै असल नागरिक बनाउने कार्यको शुरुआत घर घरबाट आवश्यक भएकोले विद्यार्थीका सबैभन्दा नजिक हुने अविभावक भएकोले उनीहरुलाई सधैं सकारात्मक सोंचको विकासको कुरा गर्ने, उत्साही बनाउने र प्रेरणाका कुराहरु गरिदिए सफलताको मीठो फल प्राप्त गर्न सकिने बताए ।
अध्यक्ष पालिखेले पढाईको साथसाथ विद्यालय, शिक्षक तथा अविभावकको त्रिकोणात्मक सम्बन्धलाई मजबुत बनाउन अविभावककै लागि यस प्रकारको परामर्शको कार्यक्रम राखिएको बताए ।
गण्डकी प्रदेशमै सम्पदायुक्त संरचनामा अध्ययन गरिरहेका विद्यार्थीहरुले बाहिर कतै जाँदा पनि आफ्नोपन कुरा गर्न सक्ने झझल्को र वातावरण तयार पारिएको बताए । उनले काठमाडौंबाट शैक्षिक परामर्शविज्ञ बोलाएर अविभावकलाई पनि शैक्षिक तालिम र उहाँहरुको दायीत्वको बारेमा केहि ज्ञानका कुराहरु बाँढ्ने अवसर मिल्दा खुसि लागेको बताए ।
कार्यक्रमको मुख्य सहजकर्ता काठमाडौंबाट आएका रबिन कटवाल थिए । जो लामो समयदेखि शैक्षिक परामर्शको कार्यक्रम चलाउदै प्रख्यात परामर्शदाता हुन् ।
कटवालले विद्यार्थी उत्पादन भनेको विद्यार्थी मात्रै नभई देशको असल नागरिक हो भने । तर उनले असल नागरिक बन्नका लागि अविभावकले बच्चाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी भएको बताए ।
विदेशमा बच्चाहरुको शैक्षिक उन्नयनका लागि आमा बाबालाई पनि तोलिम दिन थालिएको र अंक पनि दिन थालिएको सुनाए । उनले अबका अविभावकहरु कसैको देखासिकी गर्ने र त्यो कुरा बच्चालाई सुनाउने, अरुको कटाक्ष वा आरोप मात्रै लगाउने भन्दा पनि सकारात्मक सोंचको विकास गर्ने र ज्ञानको दयारालाई फराकिलो बनाउन केहि न केहि लेख्ने, अध्ययन गर्ने बानिको विकास गर्नुपर्ने बताए । उनले भने, जस्ले ज्ञान सिक्दछ उसलाई कहिल्यै घाटा हुँदैन यो म ठोकुवा गरेर भन्छु ।

एउटा बसमा मानिसहरु सवार गरिरहेका थिए । दुईटा सिटमा बच्चा र आमा किताब पढिरहेका थिए । एकजना मानिसले नजिक आएर हेरेको त आमाले त्यो किताब उल्टो गरेर पढिरहेको देख्दा सोधे । ए हजुर किन उल्टोबाट किताब पढिरहनु भएको ? आमाले भनिन्, ए होर ? हो त साच्चै मैले उल्टो गरेर पढेको जस्तो गरेको हो उनले भनिन् । किन ? भनेर सोधेपछि ति आमाले भनिन्, बच्चालाई शैक्षिक संस्कारको विकास गराउन । मैले किताब पढे जस्तो गरेको हो तर मेरो बच्चाले झोलाबाट किताब निकालेर खुरुखुरु आफ्ना पाठहरु पढ्न थाल्यो ।
कटुवालले भने, यहाँ के भन्न खोजिएको हो भने अविभावकको प्रमुख दायित्व छ । उनीहरुलाई असल मान्छे बनाउन सकारात्मक, नयाँ र फरक खालको वातावरण तयार गरिदिनुपर्छ अनि त असल मान्छे आफ्नै अघि तयार भईहाल्छ । त्यो विद्यार्थी पछि योजना आयोगमा अटाउन वा सरकारको नेतृत्वमा पुग्ला यसका लागि विद्यालय, शिक्षकको मेहनतका साथ अविभावकको सकारात्मक भूमिका चाहिने बताए ।

संभवतः अविभावकलाई नै विद्यालयमा बोलाएर हरेक वर्ष शैक्षिक परमर्श तथा तालिमको व्यवश्था गर्ने र शिक्षा अनि सामाजिक उत्तरदायित्वका क्षेत्रमा संगसंगै हातेमालो गरिरहने विद्यालय कुमुदिनी होम्स हो । परामर्शदाता कटवालले भने, प्रख्यात लेखक हेदन केलर जन्मेको साडे दुई वर्षमै नबोल्ने, नसुन्ने र आँखा नदेख्ने भईन । तर उनी पछि अमेरिकाको प्रख्यात लेखक, प्राध्यापक बनिन् । यो पनि त संभव रहेछ । उनले बच्चालाई सधैं निगरानीमा राख्नुपर्ने र असल बाटोतिर लाग्ने उत्प्रेरणाको भूमिका आमा बाबाले गरिदिन आग्रह गरे ।
बच्चालाई सामाजिक काममा लगाउने । पारिवारीक, सांस्कृतिक घुलमिल गराउने, नम्र बोल्ने, सभ्य, सालिन, संस्कार र संस्कारसहितको शिक्षा दिने र उनीहरुको स्वाभिमानमा आँच आउने कुराहरु गर्न नहुने उनले बताए ।
बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म १ देखि ५ कक्षाका विद्यार्थीका साढे ४ सय अविभावक र दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म ६ कक्षा माथि १० सम्म दुबै सेसनका गरी करिब ८ सय बढी अविभावक “आर्ट अफ इफेक्टिभ प्यारेन्टिङ” कार्यक्रममा सरिक भएका थिए ।
कार्यक्रममा अविभावक सञ्जिवनी रायमाझि तथा शिक्षकको तर्फबाट भुवन गुरुङले तालिम प्रभावकारी भएको बताए । उनीहरुले शहरमा कामकाजि अविभावकहरु पनि धेरै भएकोले बच्चाहरुलाई कसरी समय दिने ? लगायतका प्रश्न गरेका थिए । उत्तरमा शैक्षिक परामर्शदाता विज्ञ रबिन कटवालले बच्चालाई घन्टौ समय दिनुपर्छ भन्ने पनि होईन तर दिनमा पाँचै मिनेटको उनहिरुसंगको बसाईले पनि प्रत्येक घरको समृद्धिको ढोका खुल्नेमा शतप्रतिशत विश्वस्त रहेको बताए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




