सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा हल्का वर्षा

-



     सफल आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित



काठमाडौं १० जेठ । जल  तथा  मौसम  विज्ञान  विभाग मौसम  पूर्वानुमान  महाशाखाले हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको जनाएकाे छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक  देखि सामान्य बदली रहेको  छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको केही स्थानहरुमा र बाँकी  प्रदेशका एक-दुई  स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग हावा-हुरीसहित हल्का  देखि मध्यम वर्षा भइरहेको  छ।

२०८०  जेठ  १०  गते  (बुधबार)

दिउँसोː  देशभर सामान्य देखि पूर्णतया बदली  रहने  छ  ।  देशको  पहाडी  भू-भागहरुका  केही  स्थानहरुमा  र  बाँकी  भू-भागका  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी  प्रदेश,  मधेश  प्रदेश  र  बागमती  प्रदेशका  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  समेत  सम्भावना  रहेको  छ  ।

रातीː देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू भागहरूमा  आंशिक  बदली  देखि  मौसम  सामान्यतया  सफा  रहने  छ।  कोशी  प्रदेशको  केही  स्थान  र  बाँकी  प्रदेशको  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

जेठ  ११  गते  (बिहीबार)

दिउँसोː  देशभर  आँशिक  देखि  सामान्य  बदली  रहने  छ  ।  कोशी  प्रदेश,  बागमती  प्रदेश,  गण्डकी  प्रदेश,  कर्णाली  प्रदेश  र  सुदूरपश्चिम  प्रदेशको  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशको  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ।  देशको  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  समेत  सम्भावना  रहेको  छ  ।

रातीː देशभर  आँशिक  देखि  सामान्य  बदली  रहने  छ  ।  कोशी  प्रदेश,  मधेश  प्रदेश,  बागमती  प्रदेश  र  सुदूरपश्चिम  प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। देशको  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  समेत  सम्भावना  रहेको  छ  ।

जेठ  १२  गते  (शुक्रबार)

दिउँसोː देशभर  आँशिक  देखि  सामान्य  बदली  रहने  छ  ।  मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।  देशको  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  समेत  सम्भावना  रहेको  छ  ।

रातीː देशको पहाडी भू-भागमा आँशिक  देखि  सामान्य  बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना  रहेको  छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित  हल्का  देखि मध्यम  वर्षाको  सम्भावना रहेको देखिन्छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।देशको तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना समेत भएको हुनाले त्यसबाट हुन सक्ने क्षति जोखिमबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन महाशाखाले अनुरोध  गरेकाे छ।