
काठमाडाैं, ११ जेठ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसरमा आगामी जेठ २० गते शनिवार साइकल र्यालीको आयोजना गर्ने भएकाे छ।
बैंकले गतवर्ष समेत बिश्व वातावरण दिवसकाे दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेको थियाे । त्यसैगरी यस वर्ष डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल र्याली, २०८०” को आयोजना गर्न लागिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयाेग श्रेष्ठले सफल आवाजलाई बताएका छन् ।
“इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्यालीमा बैंकका कर्मचारी, ग्राहकवर्ग, शेयरधनी एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको बताएकाे छ ।
साइकल र्याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककाे वालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न हुनेछ ।
साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवर्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको बैकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले बताएका छन।
याे साइकल र्यालीमा सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई सहभागीताको निम्ति नाम दर्ता गर्न समेत बैकले अनुराेध गरेकाे छ ।
र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ ।
यसैगरि, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल प्रदान गरिनेछ । यस साइकल र्यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैकले जनाएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




