
काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले भुक्तानी गर्न बाँकी रहेकाे ब्याजको ५ प्रतिशत असुल गरेर कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत गरेकाे व्यवस्था अनुसार परिपत्रसहित निर्देशन दिएको हो ।
राष्ट्र बैंकले ऋणीहरुलाई कर्जा चुक्ता गर्नका लागि गाह्राे भइरहेकाे अवस्थालाइ ख्याल गर्दै आवश्यकता र औचित्यकाे आधारमा एकपटक कर्जा पुनर्तालिकिकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको जनाएकाे छ ।
कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा असुल हुन बाँकी रहेकाे ब्याजलाई पुँजीकरण र त्यसलाइ आम्दानीमा देखाउन नपाइने भएकाे छ । साे रकमलाई ब्याज असुल भएपछि आम्दानीका रुपमा देखाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
पुनर्संरचना गरिएका कर्जाहरुकाे ५% कर्जा नोक्सानीका व्यवस्था कायम गर्नुपर्नेछ भने २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएकाे छ । २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकृत कर्जालाई मात्रै कर्जाकाे भुक्तानी अवधि १ वर्ष थप हुने गरी पुनर्संरचना गर्न पाइनेछ ।
यहाँ छ राष्ट्र बैंककाे निर्देशन








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




