
पोखरा, १२ जेठ । सयपत्री समाज कास्की, नेपालले प्रादेशिक ऐन नियमहरुको विश्लेष गर्दै आईरहेको छ । यसै सन्दर्भमा समाजले दुईवटा ऐनका बारेमा एक दिवसीय छलफल सम्पन्न गरेको छ ।
समाजले गण्डकी प्रदेश सरकारको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवश्था गर्न बनेको ऐन २०७९ र गण्डकी प्रदेशको निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवश्था गर्न बनेको ऐन २०७९ को आयाम, अवसर र चुनौतीका विषयमा शुक्रबार पोखरामा छलफल सम्पन्न गरेको हो ।
नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुबेदीको कार्यपत्रसहित तथा विभिन्न क्षेत्रका सरोकारवालाहरु सहभागि एक दिवसीय छलफलमा प्रदेश सभा सचिवालय, गण्डकीका सचिव हरिराज पोखरेलले राज्य संचालनमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकोले कर्मचारीबिना राज्य संचालन हुनसक्छ भन्ने परिकल्पना गर्न नसकिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले गण्डकीमा बनेका ऐन पारित भईसकेकोले बोल्न उपयुक्त नभएको बताए । अहिले केहि बोलिहाले भने प्रश्न उठिहाल्छ उनले भने । ऐन अध्यादेशबाट आएको र त्यो बेलामा समय पनि निकै कम भएको सुनाए ।
ऐन पूर्ण नहुन सक्छ र कर्मचारीमा मर्का परेको हुनसक्छ यसलाई स्वीकार गर्नुपर्छ पोखरेलले भने । समय थोरै भएको कारण निखार नआएको हुनसक्छ । पोखरेलले संघीय ऐन आएपछि निजामती प्रशासनमा रहेका समस्याहरु संवोधन हुने अपेक्षा व्यक्त गरे ।
पूर्व मुख्य सचिव डा सोमलाल सुबेदीले देश संघीयताको अभ्यासमा गईसकेको भएपनि प्रशासनिक संघियताको बारेमा शुरुबाटै एकदिन पनि छलफल नभएको बताए ।
गण्डकी प्रदेश सरकारले ल्याएको ऐनका बारेमा अबधारणा प्रस्तुत गर्दै संविधान बनाउने बेलामै राजनीतिक ईच्छाशक्ति नदेखिएको र पूरानै मानसिकताले काम गरेको बताए ।

सुबेदीले अहिले एउटा कर्मचारीले कम्प्युटर किन्नका लागि २ वर्ष कुर्नुपर्ने अवश्था रहेको बताए । बरु पालिकामा सजिलो भएकाे उनले सुनाए । स्थानिय तह जनताका लागि सेवा दिने पहिलो संस्था भएकोले अन्यत्र जाने ठाउँ छैन । त्यसैले संघीयताको कार्यान्वयन स्थानिय तहबाट हुन अति आवश्यक भएको बताए ।
सुबेदीले निजामती प्रशासन राज्य संचालनका लागि नभई नहुने कुरा हो । उनले भने यसका लागि पूरातन समयदेखि नै विभिन्न अभ्यासहरु हुँदै आएका छन् । उनीहरुलाई राजनीतिक नेतृत्वले तय गरेका नीति नियमहरुबाट चल्नुपर्ने हुन्छ । तर हामीकहाँ कता कता नमिलेको जस्तो देखिएको छ । उनले भने, यसले गर्दा काम हुन सकेन ।
एउटाले भन्ने र उसले गर्दा कामै गर्न गाह्रो भएको कुरा अर्कोले भन्ने अवश्थाको अन्त्य गर्न जरुरी भएको बताए । नेपालमा ब्यूरोक्रेसिको नेचर राजनतिक नेतृत्वको कार्यशैलीमा भर परेको बताए । उनले राजनीतिक वा प्रशासनिक क्षेत्र जनताको सेवा गर्ने क्षेत्र भएकोले व्यावसायीक हुनुपर्ने बताए ।
राजनीतिक परिवर्तन भयो र यसको फाईदा ब्यूरोक्रेसिले पनि लिएको छ । तर हामी कति विवेकशील भयौं र के दियौं भन्ने प्रश्न कायमै रहेको बताए । ब्यूरोक्रेसि राजनीतिको चपेटामा रहेको कारण वास्तविक रुपमा व्यवसायीकताको खाँचो खड्किएको बताए । सुबेदीले वडादेखि प्रधानमन्त्री कार्यालयसम्म मान्छेहरुले प्रभाव पारिरहेका तथा स्वकिय सचिवालयसम्म उनीहरु नै शक्तिसाली भएको बताए । उनले भने, हुनुपर्ने त सचिवहरु, उपसचिवहरु होलान् तर त्यसो भएको देखिन्न ।
उनले सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वमा ईच्छाशक्ति हुनुपर्ने, जवाफदेहिता हुनुपर्ने, पद्धतिमुखि सोंच, व्यवसायीक सुझबुझ र स्वायत्तताले काम गर्ने वातावरणको खाँचो औल्याए ।

कार्यक्रममा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, संचार, नागकिरीक समाज, अधिकारकर्मि, विभिन्न कर्मचारी संघ, संगठनका नेतृत्वकर्ता तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष प्रा डा कृष्ण बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण समाजका कार्यकारी निर्देशक गिरधारी सुबेदीले गरेका थिए । साे अवसरमा उनले छलफलबाट संघीय लाेकतन्त्रलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनलाई दक्ष बनाएर अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
संघीय ऐन नआएकाे हुँदा हाल उपलव्ध प्रावधानहरुलाई सेवाग्राहीसम्म कसरी जाेड्ने, कर्मचारीकाे कार्यकुशलताकाे जाँच कसरी हेर्ने र पूर्णरुपमा जवाफदेहीता कसरी बहन गर्ने भन्ने कुरा महत्वपूर्ण भएकाे बताएका थिए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




