प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

-



     सफल आवाज    
     जेठ १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । हिजाे बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि बैठक आज अपरान्ह बस्ने भएको हाे । प्रतिनिधिसभाको बैठक विशेष कारणवस हिजाे नियमित हुन नसकेकाले आज अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको हाे।”