अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता

-



     सफल आवाज    
     जेठ १३ गते २०८० मा प्रकाशित



वासिङ्टन, १३ जेठ । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन् ।

चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उहाँको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरे। उनीहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो ।

सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउँने लगायत अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।