नेपाल विद्युत प्राधिकरणसँग भारतले किन्याे २५ मेगावाट विजुली

-



     सफल आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ जेठ। नेपाल विद्युत प्राधिकरणसँग भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जले २५ मेगावाट विद्युत किनेको छ।

प्रि-मनसुनसँगै उत्पादन बढ्न थालेपछि प्राधिकरणले विद्युत निर्यात थालेको हो। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार शुक्रबार भारतीय प्रतिस्पर्धी बजारमा २५ मेगावाट विद्युत बेच्नका लागि बिडिङ भएको थियो।

नेपालको जडित क्षमता करिब २७ सय मेगावाट पुगेको छ। यही बर्खामा ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ। पिक डिमान्ड १८ सय मेगावाट पुगेको भएपनि औसत माग १४ सयदेखि १५ सय मेगावाटसम्म मात्रै छ। भारतले करिब ४ सय मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको छ। आन्तरिक खपत अपेक्षाकृत नभएका कारण नेपाललाइ  भारत निर्यातको विकल्प छैन। नेपालको भारतसँग मात्रै विद्युत व्यापार सम्झौता छ।

उक्त परिमाणको विद्युत इण्डियन इनर्जी एक्सचेन्जनमा बिक्री भएको बताए। ‘पानी परेर विद्युत उत्पादन बढेका कारण शनिबार बिक्री भयो। अहिले उत्पादन कम भएको छ। उत्पादन बढेपछि पुन: बिक्री थाल्छौं,’ उनले भने, ‘अहिले आयात गर्नुपरेको छैन। आन्तरिक उत्पादनले धानेको छ।’ आवश्यकता अनुसार खरिदबिक्री भइरहने उनले बताए।