
काठमाडौं, २८ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरसको उपचारमा थप सहयोग पु¥याउन अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी) ले एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे । उक्त अवसरमा मन्त्री ढकालले भने, “कोरोनाबाट सबैभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” उनले विगतका पनि नेपाललाई अमेरिकाले महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग आजबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए ।
मन्त्री ढकाले सात प्रदेशमा सात/सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिने जानकारी दिए । त्यस अवसरमा अमेरिकी राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी बिधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको बताए ।
नेपालमा अहिलेसम्म ९०० वटा भेन्टिलेटर र करिव २ हजार ६०० सघन उपचार कक्ष रहेका छन ।तस्वीरःरासस








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




