
काठमाडौं, १६ जेठ । अप्पर स्याङ्गे हाईड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले जेठ १ गतेदेखि वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर खुलाएकाे थियाे । तर स्थानिय जनताले भने जेठ १९ गतेसम्म सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीका अनुसार जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि खुलाइएकाे हाे ।
सेयरमा लमजुङ्गकाे मर्स्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९) का जनताले आवेदन दिन पाउनेछन्।
सर्वसाधारणका लागि छुट्याइएको ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता सेयर विदेशमा रोजगारमा गएकाहरुकाे लागि जारि गरिएकाे हाे ।
इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा गएकाहरुले बढीमा ५० हजार कित्ता माग गर्न सक्नेछन्।
कम्पनीले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसकाे लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ । जसकाे विद्युत उत्पादन अनुमति साडै २९ वर्ष बाँकी रहेको छ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




