
पोखरा, १७ जेठ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु धिंका परमआदरणीय, समाजसेवी स्वर्गीय मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक अनावरण गरिएको छ।
मेजर गुरुङ दम्पत्तिले २०५७ सालमा १७ लाख ५ हजार रुपैयामा निर्माण गरिदिएको तमु धिं नेपालको मुल घर, साँस्कृतिक भवन एवम हालै गुरुङ संग्रहालयको रुपमा विकास गरिएको भवनमा सदा स्मरण र सम्मानका लागि प्रतिस्थापित सालिकको समाजसेवी रुपकुमारी गुरुङले अनावरण गरिन्। उक्त अवसरमा तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल गुरुङले पुजा एवम् मन्त्रवाचन गरे।

करिब साढे ६ लाखमा निर्माण एवम प्रतिस्थापित सालिक निर्माणमा समाजसेवी रुपकुमारी गुरुङ र तमु धिं नेपालको सहभागिता रहेको छ।
यसैबिच समाजसेवी रुपकुमारी गुरुङले आर्थिक अभावमा स्वास्थ्योपचार समस्याले अकालमा कसैले जीवन गुमाउनु नपरुन भन्दै तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्व.मेजर जय–रुपकुमारी–स्व.उदयचन्द्र गुरुङ स्वाथ्योपचार कोष स्थापना गरिदिएकि छन्।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको आग्रहमा तीन महिना अघि नै उक्त कोष स्थापित गरी मंगलवारको शुभदिनमा कोषको सार्वजनिक गरिएको हो। उक्त कोषबाट कुनै जाति, क्षेत्र, देश नभनी विपन्न, आर्थिक अभावले उपचार गर्न नपाएर जीवन नै जोखिममा परेकाहरुलाई व्याजबाट उपचार सहयोग गर्ने नियमावली समेत तमु धिं नेपाललाई समाजसेवी रुपकुमारी गुरुङले हस्तान्तरण गरिन्।
सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक, भौतिक निर्माण, दैविप्रकोप, स्वास्थ्योपचार एवम् समस्या रहेकाहरुलाई मानवीय तथा सामाजिक भावले विगतमा धेरै दान, सहयोग गर्दै आएको स्वर्गीय मेजर जयबहादुर गुरुङ, छोरा स्वर्गीय उदयचन्द्र गुरुङको सधै स्मरण र समाजसेवी रुपकुमारी गुरुङ सहयोगको अमरत्वका लागि कोष स्थापना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए। कोष स्थापना गरिसकिएको छ, नियमावलीमा उल्लेख भए बमोजिम विधिगत ढंगबाट उपचार आवाश्यक तर आर्थिक विपन्नताले उपचार गर्न नसकिरहेकाहरुलाई सक्दो सहयोग गर्ने उनले बताए।

कार्यक्रममा समाजसेवी रुपकुमारी गुरुङ र छोरी पवित्रा गुरुङलाई तमु धिं नेपालको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सञ्चालन सचिव जुमकाजी गुरुङले गरेका थिए।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




