
काठमाडाैं, २० जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले आज साइकल र्याली आयोजना गरेकाे छ । बैकले “इन्धन जोगाऔं, पृथ्वी बचाउँ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्याली आयोजना गरेकाे हाे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा मन्तब्य राखेपछि र्यालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार प्राङ्गणबाट सुरु भएकाे र्याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन एम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. दुरीको यात्रा सम्पन्न भएको थियो ।
उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरीे लगभग ४०० भन्दा बढीको सहभागिता रहेको बताइएकाे छ ।

यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवर्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितब्ययीता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउन र समाजमा चेतना फैलाउन योगदान पुग्ने बैकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सफल आवाजलाई बताए ।
बातावरण लाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ सेभ फ्युल सेफ अर्थ भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने जोशीले बताए ।
र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप १ / १ वटा विरुवा प्रदान गरिएको थियो । साथै साईकल र्यालीमा सहभागी भएका राधाकृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




