
काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारतकाे भ्रमण पुरा गरेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल बेलुकी ६ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
४ दिने भारत भ्रमणको क्रममा उनले भारत सरकारसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणालीलगायतका विभिन्न सम्झौता गरे।
साे अवसरमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री दाहालले शुक्रबार मध्य प्रदेशको उज्जैनमा रहेकाे महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउनुका साथै पूजा पनि गरेका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




