काठमाडौ, २९ कात्तिक । विश्व मधुमेह दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । तर यसपालि काेराेना महामारीका कारण विगतमा जस्ताे भव्य कार्यक्रम नभइ सिमित रूपमा स्वास्थ्य सचेतना अपनाउँदै ठाउँ ठाउँमा केही कार्यक्रम हुँदैछन् ।
मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो ।
नेपालमा हाल करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान छ ।
दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्वोहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकले जनाएका छन् ।
मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन जरुरी देखिन्छ ।
याे एकअर्कामा सर्ने नभए पनि पारिवारिक राेग हाे। परिवारमा एक जना याे राेगबाट पीडित भए हरेक सदस्यकाे खानपिन, जीवनशैली, सम्बन्ध लगायतमा असर पार्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




