
काठमाडौं, २२ जेठ । प्रभु बैंक लिमिटेडले एमएसएमई इन्टरप्राइजेज लक्जेम्बर्गबाट ५० लाख डलर ऋण लिएको छ । बैंकले उक्त ५० लाख डलर ऋण विद्युतीय सवारीसाधनमा लगानी गर्ने बताएकाे छ ।
विश्व वातावरण दिवसकाे दिन पारेर हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष अवधिकाे ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।
बैकले साे रकम सार्वजनिक यातायात र व्यक्तिका लागि प्रयोग हुने विद्युतीय सवारी साधन खरीद तथा आयातमा खर्च गर्नेछ ।
यसका अलवा बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धन गर्न अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्न पहल गरिरहेको बताएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




